काठमाडौं, १० पुष । नेपालमा बितेको २४ घण्टामा ६ सय ८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना भाईर संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । यस्तै २४ घण्टामा ८९२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४८ हजार २९२ संख्या पुगेको मन्त्रालयले जनाएको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ९२ छ ।
२४ घण्टामा जम्मा ४ हजार १४२ पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १९ लाख ३९२ परीक्षणहरु गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
थप ९ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया