भारतमा थप २३ हजार जनामा संक्रमण

काठमाडौँ, १० पुस । भारतमा थप २३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ४७ हजार ४६८ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ९७ लाख १७ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार १२८ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ३२८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति