पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा, ९ पौष । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

डां. शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५: २० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८: २० बजे मृत्यु भएको हो ।

उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका –१ की ७४ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति