मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी, सयौंको संख्यामा प्रहरी परिचालन

जनकपुरधाम, ९ पौष । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । स्थानीय शिव चोकस्थित यो स्टोरको दोस्रो तल्लामा एक्कासी आगलागी भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेश क्याम्पबाट सयौंको संख्यामा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

जनकपुरधाम उप–महानगरपालिका कर्यालयको सय मिटर दुरीमा आगलागी भएपनि उप–महानगरले बारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुको भनाई छ । आगो नियन्त्रणमा धनुषा तथा महोत्तरीबाट आएका चार बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासी जुटेका छन् । जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा बारुण यन्त्र रहेपनि महिनौंदेखि दुवै बिग्रिएर थन्क्याइएको छ ।आगलागी हुँदा समयमै बारुणयन्त्र ल्याउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध नाराबाजी समेत गरेका थिए ।

आगलागी कसरी भयो भन्ने कुराको विस्तृत विवरण आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति