अन्ततः बादल ओलीतिर

काठमाडौं, ९ पुष । गृहमन्त्री राबहादुर थापा ‘बादल’ अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । प्रतिनिधिसभा विघटनको चार दिनसम्म कुनै पक्षको पनि भेलामा सहभागी नभएका बादलले ओलीलाई रोजेका हुन् ।

बादल र प्रधानमन्त्री ओलीबीच मंगलबार र बुधबार बालुवाटारमा लामो छलफल भएको थियो। बादल निकट एक केन्द्रिय सदस्यका अनुसार बादल ओली पक्षमा लागेको हुन् ।

प्रचण्ड-नेपाल पक्षले पनि बादल ओलीततिर नै गएको बताएको छ। बादल बालुवाटारका भइसक्नुभयो। हिजो राति उहाँले ओलीलाई साथ दिने निर्णय गर्नुभएको हो,’ बादलनिकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँको कदमलाई कुनै पनि नेताहरूले साथ दिएका छैनन्।’

यसअघि बादललाई आफ्नो पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए। प्रचण्डले भने बादल आफुहरुतिरै आउने दावी गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति