कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, ८ पुष । सरकारविरुद्ध नेपाली कांग्रेसले पुस १६ गते प्रदर्शन गर्ने भएको छ । कांग्रेसले मेलमिलापको नीति लिएर संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै कांग्रेस पनि दुई धारमा विभाजित देखिएको छ । सभापति देउवाले हिजो निर्वाचनमा जानुपर्ने बताएका थिए भने पौडेलले संसद् विघटनको विरोधमा उत्रिनुपर्ने पौडलेको भनाई छ । यस्तै कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भने कांग्रेस आन्दोलनमा जाने वा चुनावमा जाने एउटै धारणा बनाएर अगाडि बढ्ने बताएका छन् ।

आजका बैठकमा रामशरण महत, बलबहादुर केसी, गगनकुमार थापा र आनन्द ढुंगानाले आ-आफ्नो धारणा व्‍यक्त गरे। हिजो सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले धारणा राखेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति