२४ घण्टामा ७२२ जना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, ७ पुष । नेपालमा बितेको २४ घण्टामा ७ सय २२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ९६६ संक्रमित निको भएका छन् ।

यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

हाल ७ हजार ७२९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ४५ हजार ७०९ संक्रमित निको भइसकेका छन् । हालसम्म कुल १८ लाख ८४ हजार १८१ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ३ जनाको मृत्यु
नेपाल पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति