संसद् विघटन बदरको माग गर्दै नेकपा सांसदद्धारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं, ७ पुष । प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।

नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट लिएर सर्वोच्च गएका हुन् । उनीहरुले दायर गरेको उक्त रिट दर्ता भईसकेको छ ।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै उत्प्रेषणको आदेशबाट संसद विघटन बदर गर्न माग गरेका छन् ।

एक सांसदका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचन तोकेकी हुन् । सरकारको यो कदमको सर्वत्र विरोध भईरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति