भैंसेपाटीमा गौतम र बादल बीच कुराकानी

काठमाडौं, ७ पुष । नेकपाका उपाध्यक्ष वामदेव गौतम र नेकपा सचिवालय सदस्य एवंम गृहमन्त्री रामबहादुर थापा बादलबीच भैंसेपाटीमा भेटवार्ता भएको छ । गृहमन्त्री समेत रहेका बादल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।

स्रोतका अनुसार पौने दुई बजे भैंसेपाटी पुगेका बादल र गौतमबीच अहिले कुराकानी भइरहेको छ । दुवै नेता कुनै पनि भेलामा सहभागी भएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आआफ्नो पक्षको भेलामा आउन दुवै नेतालाई आग्रह गरे दुवै नेता भने भेलामा गएका छैनन् ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति