ओली पक्षका नयाँ केन्द्रीय सदस्यद्धारा शपथ ग्रहण

काठमाडौं, ७ पुष । प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नयाँ केन्द्रीय सदस्यहरुले बालुवाटारमै सपथ ग्रहण गरेका छन् । ओलीले केन्द्रीय सदस्यहरु थप गरेर बालुवाटारमा नै शपथ ग्रहण गराएका हुन् ।

बालुवाटारमा मंगलबार आफु निकटका केन्द्रीय सदस्यहको बैठठक बोलाएर ओलीले ४४७ जना मौजुदा सदस्यमा ५५६ जना थप गर्ने निर्णय गरेका छन् । आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेता सूर्य थापाले बताए ।

ओलीले राखेको प्रस्ताव बैठकमा सर्वसम्मतले पारित गरेको थियो । ओलीले निवर्तमान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु सबैलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति