बादलसँग प्रचण्डको भेट: बादलले भने- विचार मिल्नेहरुसँग जान्छु

काठमाडौं, ६ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री एवम् पार्टी सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोक पुगेका छन् ।

बादल पक्षका केन्द्रीय सदस्यहरुको भेला सकिएलगत्तै प्रचण्ड उनलाई भेट्नका लागि मन्त्रीनिवास पुल्चोक गएका हुन् । एक नेताकाअनुसार प्रचण्ड त्यहाँ करिब १० मिनेटमात्रै बसेका थिए ।

स्रोतका अनुसार भेटका क्रममा प्रचण्डले नेकपा विभाजनको संघारमा पुगेकाले आफूलाई साथ दिन आग्रह गरेका छन् । संसद विघटनपछि नेकपा विवाद उत्कर्षमा पुगेको बेला बादलले आफू ओलीसँग रहने वा प्रचण्ड समूहमा लाग्ने स्पष्ट पारिसकेका छैनन् । तर, बादलले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो बताएका हुन् ।

छलफल र सबै पक्ष बसेर अझै पार्टी र संकट समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाई छ । बादलको भनाइलाई उद्धृत गर्दै उनका सल्लाहकार सूर्य सुवेदीले भने भने,“अन्तिमसम्म एकताको प्रयास गर्छु । तर जे भयो दुर्भाग्यपूर्ण भयो । दुई भागमा पार्टी विभाजन हुने अवस्था आयो भने मैले सबै कुरा बुझेर निर्णय लिन्छु ।”

पूर्वमाओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका बादलले आइतबार मन्त्रीबाट राजीनामा नदिएपछि उनी प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएको अनुमान गरिएको थियो । तर, बादल सोमबार प्रधानमन्त्रीले बोलाएको उनीनिकट सांसदहरूको भेलामा गएनन् । बरू उनले पुल्चोकमा आफ्नो पूर्वसमूहका नेताहरूसँग छलफल गरेका हुन् ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति