जनार्दन शर्मा भन्छन्- संविधानअनुसार संसद जिवित नै छ

काठमाडौं, ६ पुष । आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन् । तर, नेकपा सांसदसमेत रहेका स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने संसद जीवित नै रहेको बताएका छन्।

उनले संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन्। शर्माले आइतबार बिहान फेसबुकमा लेखेका छन्। ‘संविधानअनुसार संसद जिवित नै छ,’ । प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेको र राष्ट्रपतिबाट अनुमोदन भएकोमा नेकपाभित्रैबाट चर्को विरोध भईरहेको छ । सरकारले ताजा जनादेशका लागि भन्दै वैशाखमा निर्वाचन गर्ने बताएको छ।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेको भन्दै प्रतिपक्षी दलहरू नागरिक समाज लगायतले पनि विरोध गरिरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति