युरोपेली केही राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध : केही ठाउँमा लकडाउनको घोषणा


काठमाडौं, ६ पुस ।   युरोपेली केही राष्ट्रले बेलायतमा यात्राको प्रतिबन्ध लगाएका छन् । बेलायतमा कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेसँगै यात्रामा प्रतिबन्ध लगाइएको हो । आयरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स बेल्जियमलगायतले बेलायतसँगको हवाई उडान र यात्रामा प्रतिबन्ध लगाएका छन् । युरोपेली युनियनले यस विषयमा समन्वय गर्न आज बिहान छलफल गर्ने भएको छ ।

कोरोनाको नयाँ सङ्क्रमण लण्डन र इङ्ग्ल्याण्डमा फैलिरहेको छ । यसलाई मध्यनजर गर्दै युरोपका धेरैजसो देशले लकडाउनको योजना सार्वजनिक गरेका छन् । बेलायतमा बढ्दै गएको कोरोना भाइरसको नयाँ सङ्क्रमणलाई कम गर्न लकडाउन गर्नु परेको बेलायती अधिकारीले बताएका छन् । बेलायतले पनि चौथो चरणको प्रतिबन्धात्मक नियम लागू गरेको छ ।

बेलायतले सबै नागरिकलाई घरमै बस्न भनेको छ । बेलायत सरकारले आउँदो क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको तेश्रो लहर सुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमानाका बन्द गरिएको छ । इटलीमा पनि आजदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गराइएको छ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस नजिकिएकाले यस्तो बेला भीडभाड हुने र सङ्क्रमण झन् फैलने भन्दै कडाइ गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति