प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौं, ६ पुस ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ ।गएराति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो । टोटेनह्याम हट्सपरका टोबी एन्डेविरेल्ड आत्मघाती गोल गरेका थिए ।

जितसँगै लेस्टरसिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको २७ अंक छ भने पहिले स्थानमा रहेको लिभरपुल ३१ अंकसहित पहिलो स्थानमा छ । टोटेनह्याम हट्सपर भने २६ अंकसहित तालिकाका्े पाँचौ स्थानमा छन । यस्तै, प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स् युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ । म्यानचेस्टर यनाइटेडले लिड्स युनाइटेडलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । जितपछि म्यानचेस्टर युनाइटेड २६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लिड्स भने १७ अंक जोडेर १४ औं स्थानमा छ । यस्तै राति नै भएका अरु खेलमा एस्टोन भिल्लाले वेस्ट ब्रोमलाई ३-० गोल अन्तरले पराजित गरेको छ भने ब्राइटन र सेफिल्ड युनाइेडले एकरएक गोलको बराबरी खेलेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति