अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस

काठमाडौं, ५ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सरकारले पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको छ। स्रोतका अनुसार संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गर्ने निर्णय गरेको हो । उक्त निर्णयपछि राईको नाम संसद सचिवालयमा दर्ता भएको हो ।

संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि लागि संवैधानिक परिषदको बैठक बसे पनि गणपुरक संख्या नपुगेपछि सरकारले अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै बसेको संवैधानिक परिषदको बैठकले राईको नाम प्रमुख आयुक्तमा सिफारिस गरे पनि निर्णय भने गोप्य राखिएको स्रोतको भनाई छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आजै संघीय संसदको प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते नयाँ निर्वाचन घोषणा गरेकी छन्। संसद विघटन भएसंगै अब राईको संसदीय सुनुवाई समेत नहुने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति