वैशाख २३ मा आम चुनाव गर्ने ओलीको प्रस्ताव

काठमाडौं, ५ पुष । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

आज विहान आकस्मिम मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिस गरेका ओली उक्त संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

राष्ट्रपतिसमक्ष उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको जनाईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको उक्त सिफारिसलाई अनुमोदन गर्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति