कांग्रेसले भन्यो- संसद विघटन गर्नु अधिनायकवाद, प्रतिवाद गर्छौं

काठमाडौं, ५ पुष । प्रधामन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संसद् विघटन् गर्न सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिसको राजनीतिक सबै रूपले प्रतिवाद गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले भने, ‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको हो भने त्यसको हामी राजनीतिक सबै रूपले प्रतिवाद गर्छौं।’ शर्माले संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए।

प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाउँदै संसद विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिस मन्त्रिपरिषदले राष्ट्रपतिकहाँ पठाउँदै छ।
‘स्थितरताको कुरा भ्रमपूर्ण रहेछ। ओलीको कुशासनले देश आक्रान्त थियो,’ उनले भने, ‘राजनीतिक रूपमा हामी यसको कडा प्रतिवाद गर्छौं।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति