तत्काल संसद अधिवेशन बोलाऊन गर्ने निणर्य गर्दै सकियो कांग्रेस-जसपा बैठक


काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेका हुन् । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसकै प्रस्तावअनुसार शनिवार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका थिए ।

साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएको नेपाली काँग्रेसले जनाएको छ । । कांग्रेस नेता डा. रिजालले भने ‘कतिपय मुद्दामा हाम्रो मत फरक फरक होला, तर समन्वयत्मक ढंगले काम गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा हामी सहमत भएका छौं’ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति