२४ घण्टामा ७८२ जना संक्रमित, १६ को मृत्यु

काठमाडौं, ३ पुष । नेपालमा बितेको २४ घण्टामा ७८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५७०६ जनाको परीक्षण गरिएकोमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४३० छ भने २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।

थप १६ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमणका रा हालसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्ल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति