अध्यादेश फिर्ताको सूचना नआई प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ः३० बजेका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

बुधबार हिजो मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय भएको थियो । तर, राष्ट्रपति कार्यालयबाट बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना आएको छैन ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिषद बैठक बोलाएको जानकारी पठाइसकेका छन्। तर कांग्रेस सभापति देउवा भने उपस्थित नहुने भएको उनीनिकट स्रोतको भनाई छ ।

मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। लगत्तै मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

अध्यादेश जारी गरे बैठकमा उपस्थित नहुने उनले बताएका थिए। पछि संसदमा ८३ जना सांसदहरू संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउन शितल निवास पुगेका थिए तर, स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने सहमति भएसँगै शितल निवासमा पुगेका सांसदहरू फर्किएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति