नेपालमा जस्तै बिवादित बनेको एमसीसी श्रीलंकाले गर्‍यो फिर्ता

काठमाडौं – नेपालमा जस्तै विवादित बनेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट भने फिर्ता भएको छ। श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले निर्णय गरेपछि एमसीसी श्रीलंकाबाट फिर्ता भएको हो ।

श्रीलंकामा पनि एमसीसी परियोजना विवादित बनेको थियो । श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए।

अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए। त्यस क्रममा उनले चीनले श्रीलंकामा खराब सम्झौता गरेको र कानुनविहीनता ल्याएको आरोप लगाएका थिए।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंकाली सरकारले त्यसमा हस्ताक्षर भने गरेको थिएन। परियोजना सन् २०१६ मै छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन।

यसअघिको श्रीलंकाली सरकार एमसीसीका पक्षमा थियो भने सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे भने विपक्षमा थिए। त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाएका थिए।

कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो। त्यसैलाई मान्दै सरकारले सम्झौतामा हस्ताक्षर गरेको थिएन। त्यहाँका एमसीसी विरोधी वर्गले श्रीलंकाको सार्वभौमिकता खुम्च्याउने तर्क गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति