नेकपा सांसद संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा

पुस १ काठमाडौं, / नेकपाका एक चौथाई सांसदले संघीय संसदको विशेष अधिवेशनको माग गरेका छन् ।
नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली नेकपाका एक चौथाइ भन्दा बढी सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका छन् । शितलनिवासमा पुगेका सांसदका अनुसार राष्ट्रपति कार्यालयका सचिव फोन स्विच अफ गरेर सम्पर्कमा नआएकाले सांसदहरुको टोलीले निवेदन दर्ताका लागि कुरिरेहका छन् ।
नेकपाका प्रमुख सचेतक देव गुरूङले संविधानको धारा ९३ को ३ बमोजिम विशेष अधिवेशन माग गर्न पाइन्छ। सोही अनुसार उहाँहरू राष्ट्रपति कार्यालय गएको बताए।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधा निक परिषद् सम्वन्धी अध्यादेश जारी गराएपछि सत्तारुढ दल भिष् तिक्तता बढेको छ । स्थायी समितिकै नेताहरु शितल निवास गएका कारण बैठक ढिला भइरहेको छ । यस अघि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बान अन वान छलफmल भएको थियो। छलफलमा प्रचण्डले हिजोको अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई अनुरोध गरेको तर प्रमले अब आआफ्नै बाटो लागौं भन्ने जबाफ दिएको स्रोतले बतायो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति