विश्वभर एकैदिन कोरोनाबाट १२ हजार ५३१ को मृत्यु, ५ लाख ८० हजार ९९२ जना संक्रमित

काठमाडौं, १ पुस । कोरोना भाईरस (कोभिड-१९) का संक्रमणका कारण विश्वमा एकैदिन १२ हजार ५३१ को मृत्यु भएको छ । त्यस्तै ५ लाख ८० हजार ९९२ संक्रमित थपिएका छन् ।

बुधबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको छ । संक्रमित १६ लाख ४० हजार ५२६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २ करोड ३ लाख ५७ हजार १८ जनामा सक्रिय संक्रमण छ भने ५ करोड १७ लाख ८६ हजार ९३० जनाले कोरोनालाई जितेका छन् ।

संस्थागत तथा होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये १ लाख १७ हजार १७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७१ लाख ४० हजार ८८० पुगेको छ भने ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति