राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि प्रचण्डले जनाए विरोध

काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी जारी गरेको अध्यादेश नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका हुन् ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गरेका हुन् ।

‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास रहेको प्रचण्डको भनाई छ । यो बदनियतपूर्ण रहेको र तरुन्त खारेज हुनुपर्ने प्रचण्डको भनाई छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति