उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौं, ३० मंसिर । उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत बैठकमा उपस्थित भएका थिए ।

उखु किसानहरुले उखुको भुक्तानी माग्दै आईतबारदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उखु किसानहरुले माइतीघर मण्डलामा गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति