मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्‍ बैठक सुरू भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक केहीबेरअघि सुरू भएको हो ।

आजको बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको छ ।

यसअघि मंगलबार बिहान संवैधानिक परिषद्‍को बैठक बसेको थियो। तर उक्त बैठकमा सभामुख अनुपस्थित भएपछि पुनः आजै ५ बजे बस्नेगरी बैठक स्थगित भएको थियो। आज बोलाईएको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पुगेका थिए ।

प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटा नगएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति