काठमाडौं, २९ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा जम्मा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ पुगेको छ ।
थप १८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ ।
उपत्यकामा थप ३ सय ३३ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३ सय ३३ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १ सय ४२ जना महिला र १ सय ९१ जना पुरुष रहेका छन् । नयाँ थपिने संक्रमितमा काठमाडौंमा २ सय ४६ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया