चन्द्रागिरीमा मिनिट्रक दुर्घट्ना, घटनास्थलमै २ जनाको मृत्यु

काठमाडौं, २९ मंसिर । काठमाडौंको चन्द्रागिरिमा सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट उक्त ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा सिन्धुलीका २३/२४ वर्षीय मनिष कार्की र २५/२६ वर्षीय मानकुमार माझी रहेको छ ।

ट्रक कसले चलाएको भन्ने खुलेको छैन। उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति