काठमाडौँ, २९ मंसिर । दाङमा गुडिरहेको एउटा बसमा आज आगो लागेको छ। तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो।
बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको बताए । बसमा १२÷१३ जना यात्रुहरू कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बसको ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको चालक चौधरी बताए ।
‘आगोदेखिए पछि बस रोकेर त्यो निभाउने प्रयास गर्यौं, तैपनि सफल भएनौं,’ चौधरीले भने। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले पनि ब्याट्रीको वाइरिङबाट आगो सल्किएको बताए। ‘कुनै मानविय क्षति भएको छैन,’ सिंहले भने ‘बसमा एकाएक आगो लागेपछि सावधानी पूर्वक सबै यात्रुहरू समयमै बाहिर निस्किन सफल भए छन्।’
प्रतिक्रिया