बालुवाटार जग्गा काण्ड : अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेत थुनामा

काठमाडौं, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौेंले थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना काण्डमा आरोपित बस्न्यातलाई विशेष अदालतको आदेश अनुसार पूर्पक्षका लागि थुनामा राखिएको हो।

सो काण्डमा आरोपित उनीलगायत धेरैजनाका विरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ।

बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारस्थित ललित निवासको सरकारी जमिन व्यक्तिको नाममा सार्न उनले खेलेको भूमिकासहित तीन वटा अभियोग लगाइएको छ।

बन्स्यातको निर्णयबाट सरकारलाई ९ करोड ६५ लाख रुपैया घाटा लागेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

२०७६ माघ २२ गते अख्तियारले बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको थियो।

मुद्दामा कुल ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

विशेष अदालतले यस प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइने बस्न्यात दोस्रो व्यक्ति हुन्।

विशेष अदालतले यसअघि तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई पनि थुनामा पठाउने आदेश दिएको थियो तर विशेषको आदेशलाई उल्ट्याउँदै सर्वोच्च अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।

तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेको बेला ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको भन्दै अख्तियारले पूर्व प्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाडौंमा गत वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले उनी सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो । बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी समेत गरेको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति