​इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले उल्भ्सलाई हरायो

काठमाडौं, २८ मंसिर । ​इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले उल्भ्सलाई हराएको छ ।

गएराति भएको खेलमा एस्टन भिल्लाले उल्भ्सलाई १(० गोलअन्तरले हराएको हो । खेलको अन्तिम समयमा एस्टन भिल्लाले घरेलु टोलीविरुद्ध गोल गर्न सफल रह्यो । दोस्रो हाफको इन्जुरी समयमा एल गाजीले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए । खेल सकिन ५ मिनेटअघि ड्युगलस लुइज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि एस्टन भिल्ला १० खेलाडीमा सीमित बनेको थियो । तर इन्जुरी समयमा उल्भ्सका जोओ माउटिन्हो रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

प्राप्त पेनाल्टीमा गोल गर्दै एस्टन भिल्लाले तालिकामा सुधार गरेको छ । जितसहित एस्टन भिल्ला १९ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ । उल्भ्स १८ अंकसहित दशौं स्थानमा झरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board