विश्व समुदायले हिमालय क्षेत्रको महत्व बुझनु पर्छ – प्रधानमन्त्री ओली


काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रको पर्यावरण सन्तुलन कायम राख्न हिमालय क्षेत्रको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । साथै, हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्नसमेत उनले आग्रह गरेका हुन ।

प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन् । चिलीको नेतृत्वमा फ्रान्स, इटली, बेलायत र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सो सम्मेलन आयोजना गरेका हुन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कोभिड–१९ को कारणले हामीले कोप–२६ पछि सार्नु परेको छ तर सफा र हरियाली पृथ्वीको हाम्रो आकांक्षालाई हामी सार्न सक्दैनौं ।’

ओलीले नेपालले पेरिस सम्झौतालाई पूर्णरुपमा समर्थन गर्ने र तापमान वृद्धिलाई १.५ डिग्री राख्ने लक्ष्यलाई समर्थन गर्ने बताए । उनले सन् २०३० दित्र सबै स्थानीय सरकारमा जलवायु अनुकूलनका कार्यक्रम संचालन गरिने समेत बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति