बीबीसी मास्टर सेफको फाइनलमा नेपाली सेफ सन्तोष साह

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ टेलिभिजन रियालिटी शोको फाइनल चरणमा प्रवेश गरेका छन्।

‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल चरणमा जजहरुलाई नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ मा सहित अन्तिम चरणमा पुगेका हुन् ।

योमरीबाहेक सन्तोषले जजहरुको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत परिकार बनाएका थिए।

बिहीबार सहभागी ४ प्रतियोगीमध्ये उत्कृष्ट प्रदर्शन गरेपछि सन्तोष सिधै फाइनल राउन्डमा पुगेका हुन।

फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदैछ। प्रतियोगितामा कुल ३२ व्यावसायिक सेफहरुको सहभागिता थियो। त्यहाँबाट विभिन्न चरण पार सिरहाका सन्तोष शीर्ष ६ मा पुगेका हुन।

सिरहाबाट कामका लागि भारत पसेका सन्तोषले भारतमै कुकिङ सिकेका थिए। त्यहाबाट उनी सेफकै रुपमा २०१० मा लण्डन पुगेका हुन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति