भाजपा विदेश विभाग प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटर्वार्ता

काठमाडौं, २५ मंसिर । भारतीय विदेश सचिव नेपालको भ्रमण सम्पन्न गरेर फर्केको दुई हप्ता बित्न नपाउँदै भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटबारेमा जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको बताए ।उनी नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा नेपाल आएको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति