नेमारको ह्याट्रिकसँगै पीएसजीको सानदार जित

नेमारले ह्याट्रिक गरेसँगै च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा पीएसजीले इस्तानबुललाई ५–१ गोलअन्तरले पराजित गरेको छ । खेलमा एम्बाप्पेले दुई गोल थपेका थिए।

मंगलबारका लागि तय भएको खेल म्याच अफिसियलले रंगभेदी शब्द प्रयोग गरेको भन्दै दुबै खेलाडीले चलिरहेको खेल छाडेका थिए।

म्याच अफिसियलहरुलाई परिवर्तन गर्दै बुधबार पुनः खेल सुरु भएको थियो। रंगभेदी सम्बन्धि आरोपमा फिफाले अनुसन्धान सुरु गरेको छ।

नेमारले २१, ३८ र ५०औं मिनेटमा गोल गर्दै ह्याट्रियक पूरा गरेका हुन। यस्तै एम्बाप्पेले ४२ र ६२औं मिनेटमा दुई गोल थपे।

इस्तानबुलका मेहमेत टोपलले एक गोल फर्काएका थिए ।

जितसँगै पीएसजी आरबी लाइप्लिगलाई पछि पार्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति