कोरोनाबाट नेकपा नेता एवं पूर्वराजदूत कमान सिंह लामाको निधन

काठमाडौँ, २५ मंसिर ।  कोरोना संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व सांसद एवं दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । पछिल्लो समय लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा उनको गएराति निधन भएको काभ्रेका सांसद गंगा बहादुर तामाङले जानकारी दिए ।

सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए । दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति