विश्वमा कोरोनाबाट एकैदिन १२ हजार बढीको मृत्यु

काठमाडौँ, २५ मंसिर । विश्वमा एकैदिन ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ ।

बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । बितेको २४ घण्टामा १२ हजार १४२ जना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा अहिलेसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्।

हाल विश्वमा १ करोड ९६ लाख ८३ हजार ५६३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २२१ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५८ लाख १४ हजार ८७२ पुगेको छ । अहिलेसम्म २ लाख ९६ हजार ६२०ले ज्यान गुमाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति