च्याम्पियन्स लिगअन्तर्गत समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोना पराजित

काठमाडौं, २४ मंसिर । च्याम्पियन्स लिगअन्तर्गत समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको छ । युभेन्टसले बार्सिलोनालाई ३–० गोलले हराएको हो । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ र वेस्टन म्यानकेनीले एक गोल गरेका हुन् । सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोना विरुद्धको खेल खेलेका हुन् ।

मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका रोनाल्डोले २ गोल गरेका हुन् । रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरेका छन् । सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो । समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुलेका छन् । जितसँगै युभेन्ट्स समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board