काठमाडौं, २३ मंसिर । सरकारले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ती देशका लागि राजदुत सिफारिस गरेको हो ।
श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम बैठकले सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया