पहिलोपटक अमेरिकामा अफ्रिकन-अमेरिकन रक्षा मन्त्री

काठमाडौं – पहिलोपटक अमेरिकामा रक्षा मन्त्रीमा अफ्रिकन(अमेरिकन मुलका नागरिक छनौट भएका छन् । अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा मन्त्री छनौट गरेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएको छ ।

अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरेका थिए। अस्टिन अमेरिकी इतिहासमा यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी हुने रोयटर्सले उल्लेख गरेको छ ।

यस पदका लागि रक्षा विभागकी पूर्व उच्च कर्मचारी रहेकी मिशेल फ्लोरनोयलाई पनि प्रवल दाबेदार मानिएको थियो। अस्टिनको छनौटसँगै उनी सो पदमा आसिन हुने पहिलो अमेरिकी महिला बन्नबाट चुकेकी छन्।

सन् २०१६ मा अवकास पाएका अस्टिनले पदभार ग्रहण गर्न अमेरिकी कंग्रेसको सहमति प्राप्त गर्नुपर्नेछ। अवकास प्राप्त गरेको समय ७ वर्ष भन्दा कम भएकाले उनलाई कंग्रेसको सहमति आवश्यक परेको हो। चार वर्षको अवधिमा नियूक्तिका लागि कंग्रेसको सहमति आवश्यक पर्ने उनी पेन्टाउनका दोश्रो प्रमुख हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति