लोकसेवा आयोगको सर्भर ह्याक गरेर एसएमएस पठाएको आरोपमा तीन जना पक्राउ

काठमाडौं, २३ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, एसएसपी नवीन्द अर्यालका अनुसार पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय किशोर र घारीपाटन बस्ने १५ वर्षीय किशोर छन् ।

उमेर नपुगेको हुनाले प्रहरीले दुईजनाको नाम गोप्य राखेको छ । उनीहरुले लोकसेवा आयोगको प्लेटफर्म प्रयोग गरेर विशिष्ट व्यक्ति र कर्पोरेट क्षेत्रका करिब ९ हजारलाई मेसेज पठाएका थिए ।

सो समूहलाई पक्राउ गर्न व्यूरोले विशेष अप्रेशन ‘ह्याकर हन्ट’ संचालन गरेको एसएसपी अर्यालले बताए । उनीहरुमाथि विद्युतीय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति