२४ घण्टामा १०१४ जना संक्रमित, २० जनाको मृत्यु

काठमाडौं, २२ मंसिर । नेपालमा बितेको २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९० हजार ७३९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २२० पीसीआर परीक्षण भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

थप २० जनाको मृत्यु
यस्तै, २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १ एक हजार ६१४ पुगेको सरकारी तथ्यांकमा उल्ल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति