स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गर्छौं


काठमाडौँ, २२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको बहानामा बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई कोभिड-१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिनसमेत निर्देशन दिएको छ ।

केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको भनाई छ । उनले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिने बताए ।

केही निजी अस्पतालले कोभिड–१९ को सन्दर्भमा सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सुचनामा उल्लेख गरेको छ ।

कोभिड–१९ को संक्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन मन्त्रालयको अनुरोध छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति