दार्चुलामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

दार्चुला, २२ मंसिर । दार्चुलामा गए राति ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिका अनुसार शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको हो । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति