ईपीएलमा चेल्सी शीर्ष स्थानमा पुग्यो, लिड्स युनाइटेड पराजित

काठमाडौं,  २१ मंसिर । इङ्ग्लिस प्रिमियर लिग ९ईपीएल० मा चेल्सी शीर्ष स्थानमा पुगेको छ ।

आफ्नै घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गएराति भएको खेलमा लिड्स युनाइटेडलाई ३-१ गोलले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो ।

लिड्ससँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको छ ।

चेल्सीसँग पराजित भएको लिड्स ११ खेलमा १४ अङ्कसहित १३ औँ स्थानमा रहेको छ ।

यसअघि चेल्सीको मैदानमा भएका दुई क्लबबीचको १२ प्रतिस्पर्धामध्ये २ खेलमा मात्रै लिड्स विजयी हुन सफल भएको छ ।

लिड्स र चेल्सीबीच २०१० को ईएफएल कपमा पनि प्रतिस्पर्धा भएको थियो ।

त्यसबेला चेल्सीले लिड्लाई ५-१ गोलले पराजित गरेको थियो ।

अंक तालिकामा टोटनह्याम हटस्पर १० खेल खेल्दै २१ अंक बनाएर दोस्रो स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board