६ बर्षपछ एक बलात्कार अभियुक्त पक्राउ

पाँचथर, १९ मङ्सिर । नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ । गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति