गाडी रोकेको हो, जलाउन खोजेको होइन: नेविसङ्घ झापा

झापा, १९ मङ्सिर । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गरेका छन् । यद्यपि उपप्रमुखले दावी गरे सरकारी गाडी जलाउन नखोजेको उहाँले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा सङ्घको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नंको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसङ्घको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आएका छन् ।

नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला बिहीबार अपराह्न ३ बजेतिर आफू सवार गाडीमा आगजनीको प्रयास भएको उपप्रमुख उप्रेतीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति