कोरोना अपडेटः देशभर १५ हजार ७६६ सक्रिय संक्रमित, थप १३ जनाको मृत्यु

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा जम्मा ९ हजार २ सय ८९ पीसीआर परीक्षण् गरिएको १३४३ जनामा संक्रमण पुष्टि हो ।

बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै यो अवधिमा घन्टामा कोरोनामुक्त भएर २१ सय ११ जना डिस्चार्ज भएका छन् ।हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ जना पुगेको छ । यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना पुष्टि
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board