भारतीय विदेशमन्त्री भन्छन्- छिमेकी मुलकसँग हाम्रो कुनै पनि समस्या छैन !

काठमाडौं, १८ मंसिर । भारतीय विदेशमन्त्री एस जयशंकरले विश्वभर आफ्ना छिमेकी मुलकसँग कुनै समस्या नरहेको दावी गरेका छन् । उनले एक भारतीय मिडियामा दिएको अन्तरर्वातामा ‘उदारता र दृढता’को नीति आफ्ना छिमेकी मुलुकसँग राख्ने उल्लेखसमेत गरेका छन् ।

यसैबीच नेपाल भारतसमन्धबारे पत्रकारले सोधेको प्रश्नाको जवाफमा उनले नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अहिले दुवै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको दाबी गरे । ‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ,’ जयंशंकरले भनेका छन् ।

नेपालको संविधानमा नै नेपाल र भारतबीच विभाजन देखिएको छ । यसै वर्ष नेपालले लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच तनावको अवस्था देखिए पनि अहिले भारतीय अधिकारीहरुको नेपाल भ्रमण भईरहेको छ । नेपाल आफ्नो मुद्दाबाट पछि हटेको छैन । यस्तोमा भारतको दृढताको नीति कसरी कायम रह्यो भनी पत्रकारको प्रश्नमा जयशंकरले जवाफमा कुनै एउटा घटनालाई लिएर समग्र सम्बन्धको विषयमा टिकाटिप्पणी गरिनु उचित नहुने बताएका थिए ।

उनले भने, ‘समस्या हुन्छन् । मेरो मतलब, मलाई कुनै यस्ता दुई छिमेकी मुलुक देखाउनुहोस्, उनीहरुको बीचमा कुनै समस्या नै नभएको होस्, अहिले हाम्रा अधिकांश छिमेकी मुलुक प्रजातान्त्रिक छन्, मुख्य कुरा उनीहरुसँग उनीहरुसँग उनीहरुको राजनीति छ र हामीसँग हाम्रो राजनीति छ, मुद्दाहरु त्यहीँ हुन्छन् ।’ यस्ता मुद्दाहरु कसरी समाधान गर्ने र तनाव कसरी कम गर्दै जाने भन्ने मुख्य विषय हो, उनले भने ।

भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल डेढ महिनाअघि काठमाडौं आएका थिए । भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला त्यसलगत्तकै काठमाडौं आएका थिए । भारतीय उच्च अधिकारीहरुबाट भएका लगातारका यी भ्रमणलाई भारतको नेपालसँगको संवादहीनता तोड्ने प्रयासका रुपमा अथ्र्याईए पनि अहिलेसम्म नेपाल-भारत सिमा समस्याबारे कुनै सहमतीय वार्ता हुन सकेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board