साझा पार्टीसँगको एकतामा असन्तुष्टि जनाउँदै उपाध्यक्षसहितले छाडे विवेकशील

काठमाडौं, १८ मंसिर । साझा पार्टी र विवेकशील नेपालीबीच हुन लागिरहेको एकतामा विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईसहित एक समूहले असन्तुष्ट जनाएका छन् । उनीहरु साझा पार्टीसँगको एकतामा सहभागीसमेत नजाउने भएका छन् ।

अब बन्ने विवेकशील साझा पार्टीको एकताबारे उपाध्यक्ष राई लगायत १३ जनाले पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए। बिहीबार संयुक्तरुपमा विज्ञप्ति निकाल्दै १३ जनाले दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने बताएका हुन् ।

साझासँग विगतमा छुट्टिदाको तिक्तता अझै बाँकी रहेकाले ती कुरा नमिलाई एकतामा जान नहुने भन्दै आएको उपाध्यक्ष राईको भनाई छ । आफुहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने उनीहरुको भनाई छ ।

एकता प्रक्रियाबाट अलग हुनेमा उपाध्यक्ष अजीता राई, सचिव (व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंङ तामाङ,विजय बाबु शिवाकोटी, जेसन बैद्य,शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की, आलोक सुवेदी छन्। १३ जना सदस्यहरु एकतामा सहभागी नहुने भएपछि अब ३५ जना संघीय समितिमा रहेका विवेकशीलका २२ जनामात्रै साझासँगको एकतामा सहभागी हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति